Logo

भित्र नअटाएपछि बाहिरैसम्म कार्यकर्ता



Spread the love

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीको चेतावनीलाई चुनौती दिँदै एमाले खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा उलेख्य संख्यामा कार्यकर्ता उपस्थित भएका छन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेलामा हजारौँको संख्यामा देशभरबाट आएका नेता–कार्यकर्ता सहभागी भएका छन् ।

ठूलो हलमा राखिएको कुर्सी भरिएपछि कार्यकर्ताहरु हल बाहिरै कुर्सी राखेर बसेका छन् । ओलीले हिजो खनाल–नेपाल पक्षको राष्ट्रिय भेलामा जानेलाई कारबाही गर्ने सार्वजनिक चेतावनी दिनुभएको थियो ।

भेलाको अध्यक्षता वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गर्नुभएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्