Logo

जसपाको बैठक स्थगित



Spread the love

५ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारी समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ ।

बिहीवार बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको विधान र संसदीय दलको नेता चयनबारे छलफल हुने बताइएपनि बैठक अन्तिम समयमा स्थगित भएको हो ।

कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकको तयारी नपुगेको कारण स्थगित गरिएको छ । तर स्रोतका अनुसार सत्ता समीकरणका लागि कसलाई सहयोग गर्ने विषयमा दुई पक्षको बीचमा कुरा नमिल्दा बैठक स्थगित गरिएको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षको बीचमा कुराकानी नमिलेको हुँदा बैठक स्थगित गरिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्