Logo

दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या (भिडियो)



Spread the love

६ चैत, एजेन्सी । भारतको राजधानी दिल्लीमा एक जना नेपाली महिलाको गोली हानि हत्या भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मोटरसाइकलमा सवार २ जनाले ती महिलाको हत्या गरेका हुन् ।

गोली लागेर मृत्यु हुने ४५ वर्षीया मिना तामाङ रहेकी छिन् । उनी भारतको दिल्लीमा पति जीतमानसँग बसेर चिया तथा किराना पसल चलाइरहेकी थिइन् ।

मीना उनकी श्रीमान र उनकी छोरीसँग विगत केही वर्षदेखि दिल्लीमा बस्दै आएकी थिइन् ।

ती महिला र गोली हान्नेबीच आपसी रिसवीका कारण यो घटना घटेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

प्रहरीले अहिले सिसिटिभी फुटेज चेक गरिरहेको बताइएको छ ।

यस समाचारसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्