
६ चैत, बैतडी । बैतडीमा एक जना वडा अध्यक्ष महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् ।
शुक्रबार बिहान दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग होटलमा शङ्कास्पद अवस्थामा भेटिएका हुन् ।
शंकास्पद रूपमा भेटिएका महिला र वडा अध्यक्ष महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू बिहान करीब ३ : ०० बजे खोचलेक बजारको एक होटलको कोठाबाट पक्राउ परेका हुन् ।
वडाध्यक्ष महराकी श्रीमतीले उनीहरू होटलको कोठामा भएको जानकारी प्रहरीलाई जानकारी दिएकी हुन् ।
पक्राउ परेका वडा अध्यक्षले पार्टीको कामले होटलमा बसेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्