Logo

‘ गजल ‘ – (सरु रोकाह) ।।



Spread the love

 

गजल

 

तिम्रो दिलको कुनामा अटाउन पाउदिन कि

सुख दुख मनका कुरा सटाउन पाउदिन कि

 

डर लाग्छ कहिले काँही तिमि टाढा भइदिँदा

तिम्रो नाउको गुन्यू चोली फटाउन पाउदिन कि

 

रातोदिन मनमा कुरा खेलिरहन्छन् मेरो सानु

के थाहा भोलि तिमिलाई आफ्नो बनाउन पाउदिन कि

 

कति धेरै देख्छु सानु तिम्रो दिलमा प्रेमिहरु

चोखो मेरो मायाले नि हटाउन पाउदिन कि

 

तिमिलाई पाउन भोकभोकै धाउने गर्छु मठमन्दिर

सयौं जुनी तिमि संगै जीवन कटाउन पाउदिन कि ।।

 

प्रतिक्रिया दिनुहोस्