Logo

कांग्रेसका नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने



Spread the love

६ चैत, काठमाडौं ।  सरकारले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा  १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनु भएको हो ।

फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी छ । उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो ।

तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी छ । जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए । 

प्रतिक्रिया दिनुहोस्