Logo

सल्यान रीमका स्थानिय खानेपानीका मुहानको संरक्षण संगै सरसफाईमा जुटे



Spread the love

salyan district

वर्षा याममा पानीका मुहानहरु दुषित हुने भएकाले सल्यान रीमका स्थानियहरु खानेपानीका मुहानहरुको संरक्षण तथा सरसफाईमा जुटेका छन् ।

सल्यानको रीम गाविस वडा न. २ मेलचौरका स्थानियहरु खानेपानीका मुहानहरुको संरक्षण तथा सरसफाईमा जुटेका हुन् । मेलचौरमा रहेको पाखापानी खानेपानी आयोजनाका अध्यक्ष टोप बहादुर खड्काको नेतृत्व तथा सचिव किरण डिसी लगाएतका खानेपानी आयोजनाका पदाधीकारीहरुको सक्रियतामा खानेपानीको मुहान र्याली मा सरसफाई तथा बृक्षारोपण गरिएको छ ।

मेलचौरको झन्डै १ किमी टाढा र्याली  बाट उक्त गाउँमा पानी आउने गर्दछ । सो मुहानको पानी बाट १४ घरधुरी प्रत्यक्ष लाभान्बित भएका छन् । बर्षायाममा खानेपानीको मुहान फोहोर हुने भएकाले खानेपानीको मुहानमा सरसफाई तथा बृक्षारोपण गरिएको अध्यक्ष खड्काले बताउनु भयो । उहाँले दुषित पानीका कारण विभिन्न  सरुवा रोगहरु लाग्न सक्ने भएकाले त्यस्ता रोग बाट बचनको लागी समयमा नै पानीको मुहानको सरसफाई लागेको बताउनु भयो ।

पानीको मुहानको सरसफाई सँगै मुहान वरिपरि बृक्षारोपण समेत गरिएको छ । सफा पानी स्वथ्य जिन्दगानी भन्ने ध्येयका साथ विभिन्न जातका २ सय बढी बिरुवा रोपिएको छ ।

मुहान वरिपरि रयाज, बुकाईनो, लिपलिपे, सल्ला लगाएतका बिरुवा रोपिएको सचिव डिसीले जानकारी दिनु भयो । खानेपानीको मुहानमा सफा र हराभरा बनाउने उद्देश्यले पाखापानी खानेपानी आयोजनाका पदाधिकारी सक्रिय भएर लागेको स्थानीय जनक डिसीले जानकारी दिनु भयो

प्रतिक्रिया दिनुहोस्