Logo

४० वर्षपछि रिहा भए दुर्गाप्रसाद



Spread the love

८ चैत, काठमाडाैँ । कोलकत्ताको कारागारमा रहेका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका छन् । ४० वर्षदेखि कारागार जीवन बिताइरहेका दुर्गाप्रसाद रिहा हुन् ।

कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका थिए ।

चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाएका थिए । उनलाई ह्याम रेडियोको क्लबका प्रतिनिधिले बंगाली परम्परागत पहिरन कुर्ता पाइजामा किनेर दिएका छन् । विसं २०३७ मा दुर्गाप्रसादले इलाम छोड्दा प्रकाशचन्द्र ७ कक्षामा पढ्थे ।

प्रतिक्रिया दिनुहोस्