Logo

सफल फिल्म निर्माता, निर्देशक तथा लेखक सागर सरहदीको मृत्यु



Spread the love

९ चैत, एजेन्सी । सफल भारतीय फिल्म निर्माता, निर्देशक तथा लेखक सागर सरहदीको मृत्यु भएको छ । सरहदीको सोमबार मुम्बइमा ८८ वर्षको उमेरमा मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

उनी मुटुमा समस्या देखिएपछि केही दिनअघि देखि अस्पताल भर्ना भएका थिए भने आइसियुमा राखेर उपचार हुँदै थियो ।

सरहदीका दीवाना, कहो ना प्यार हैं तथा सिलसिला केही सफल तथा चर्चित फिल्म हुन् । उनको मृत्युप्रति भारतीय कलाकार तथा फिल्म निर्माताहरूले दुःख व्यक्त गरेका छन् ।

सरहदीले उर्दू भाषाबाट फिल्म लेखनको यात्रा सुरू गरेका थिए । उनले धेरै सर्ट फिल्मको कथा लेखेका छन् भने केही फिल्ममा अभिनय समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्