Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



Spread the love

१० चैत, काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेका लागि बैठक राखिएको थियाे ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने–नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो ।

माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाए पनि समर्थन भने फिर्ता लिएको छैन ।

साथै नेकपा एमालेको केपी ओली पक्षले फागुन २८ मा विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्