Logo

बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु



Spread the love

१० चैत, एजेन्सी । भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ ।

यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

जसमा १२ महिला र एक अटो चालक पनि थिए । अहिले पुलिस टोली घटनास्थल पुगेको छ र शवलाई पोष्टमार्टमको लागि पठाइएको छ।

राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको मुख्यमन्त्री शिवराज सिंह चौहनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्