Logo

पार्टी छोडिन्न , पार्टी कसैको पेवा होइन : बस्नेत



Spread the love

tek bahadur basnet

नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य टेक बहादुर बस्नेतले मन्त्रीको विषयलाई लिएर पार्टी छोड्ने भन्दै आएका समाचार गलत भएको बताएका छन् ।

सल्लेरी खबरसँग कुरा गर्दै बस्नेतले पार्टी कसैको पेवा नभएर  हजारौँ सहिदको बलिदानले बनेको पार्टी भएकोले यती सजिलै कसैका नाममा गरेर जान नसकिने बताए ।
दुई चोटि प्रत्यक्ष रूपमा सल्यानि जनताले जिताउदा पनि पार्टीले मुल्यान्कन नगरेर जनताको मतको अपमान गरेन भन्ने हाम्रो प्रश्नमा उनले भने ” यदि मतदाताको हस्ताक्षर सन्कलन गरेर आफूलाई फिर्ता बोलाए आफूले सभासद पद छोड्ने बताए । आफ्नो लागि जनता नै सर्वपरी भएको भन्दै आफ्नो लागि सभासद पद ठुलो नभएको बताए ।”

पार्टीले दिने प्रमुख सचेतक पद लिनुहुन्छ भन्ने हाम्रो प्रश्नमा बस्नेतले आफू पदको भोगी नभएको बताए ,जनताको मतको सम्मान र भौगोलिक समावेशीताको लागि मात्रै आफूले मन्त्री पद लिन्छु भनेको बताए ।
पार्टी कसैको धाक र धम्कीमा नभएर नीति र नियममा चल्नु पर्ने बस्नेतको जोड छ । धाक र धम्कीमा भरमा कुनै पनि कोणबाट नमेल्ने गरी एउटै जिल्ला बाट दुई जान मन्त्री बनाएकोमा उनको आपत्ति छ । पार्टीमा ईमान्दर र स्वच्छ छविका व्यक्तिहरू पनि रहेको भन्दै केही बेईमानहरुको कारण पार्टी नछोड्ने बताए । जनार्दन शर्मा तिर उनको सन्केत थियो ।
बस्नेत माओवादी केन्द्रका ईमान्दर र स्वच्छ छविका व्यक्तिका रुपमा  चिनिन्छन ।

प्रतिक्रिया दिनुहोस्