Logo

वाम एकतामा अल्झन



Spread the love

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि एमाले र माओवादीले निर्वाचन सकिएलगत्तै पार्टी एकता हुने दाबी गर्दै आएका थिए । तर चुनाव सकिएको झन्डै दुई महिना बितिसक्दा पनि दुई दलको एकता प्रक्रियामा अपेक्षित प्रगति भएको छैन ।

वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका उम्मेदवार र प्रादेशिक सरकारको स्वरूपसम्बन्धी पद बाँडफाँटको सूत्र तयार गरेका छन् । तर दुई पार्टीेको केन्द्रीय तहमा हुने एकताको भने प्रारम्भिक खाकासमेत तयार हुन सकेको छैन ।

एकताको सुस्ततामा पदीय लेनदेन र सैद्धान्तिक विषयले अल्झन थपेको छ । एकतापछि पार्टी अध्यक्ष को हुने भन्नेमै समझदारी बन्न सकेको छैन ।

दुवै दलका नेता ‘एकता हुन्छ’ भन्नेबाहेक थप प्रगति सुनाउन असमर्थ देखिएका छन् । ‘दुइटा ठूला पार्टीहरू जो वैचारिक र सांगठनिक रूपमा पनि फरक ढंगले बनेका छन्, तिनलाई मिलाउने काम सजिलो छैन, त्यसैले अहिले वैचारिक राजनीतिक विषयहरूमा सहमति जुटाउने काम भइरहेको छ,’ वाम एकता संयोजन समितिका सदस्यसमेत रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘अन्य कुनै कारणले ढिलो भएको होइन ।’

उनका अनुसार दुई दलबीच धेरै छलफल भइसकेको छ तर ‘ब्रेक थ्रु’ हुने अवस्थामा भने पुगेको छैन । सरकार गठनअघि नै पार्टी एकताको स्वरूप आउँछ कि आउँदैन भन्नेमा पनि नेताहरू यकिनसाथ भन्न सक्ने अवस्थामा नभएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्