Logo

प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक



Spread the love

१२ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो तीन बजे एमाले संसदीय दलको बैठक बालुवाटारमा बोलाएका हुन् ।

उता, वरिष्ठ नेता माधव कुमार नेपाल समूहले भने आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुको छुट्टै बैठक बोलाएको छ । पार्टी महासचिव ईश्वर पोखरेलको नाममा वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टीकरण सोधिएको छ । यो सँगै एमालेभित्रको विवाद मत्थर हुनुको साटो झनै चर्किएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा तीन अजेण्डामाथि छलफल  हुने बताए। उनका अनुसार चालु संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, संघीय सांसदका संसद्हरूलाई विकास निर्माणका योजना पेश गर्ने भन्ने विषयमा ‘आइडिया’ दिने र संसदीय दललाई एकढिक्का बनाउने अजेण्डामा छलफल हुनेछ। 

प्रतिक्रिया दिनुहोस्