Logo

एक महिनाअघि बेपत्ता भएका झा दम्पतिको शव खाल्डो पुरिएको अवस्थामा फेला



Spread the love

१२ चैत, काठमाडौं । १ महिनादेखि बेपत्ता महोत्तरीका झा दम्पतीको बिहीबार शव फेला परेको छ ।

बिहीबार बिहान पिपरा गाउँपालिका–२ अतरारमा स्काभेटरले सडक खन्नेक्रमा बोरामा पोको पारेको अवस्थामा शवको अवशेष फेला परेको थियो। प्रहरीले शंका गरी त्यहाँ खन्दै जाँदा बोरामा अर्काे शव फेला परेको हो। 

घरदेखि ३ किलोमिटर पर खाल्डो खनेर गाडेको अवस्थामा उनीहरुको शव फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी धीरज प्रताप सिंहले जानकारी लिए।

गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकाका सहोरवा गाउँका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्