Logo

रेशम चौधरीको रिहाइ र संविधान संशोधन मुद्दालाई सत्ता-स्वार्थको साधन नबनाइयोस् : डा. भट्टराई



Spread the love

१३ चैत, काठमाडौं। सरकार र जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीको निःशर्त र तुरुन्त रिहाइ गर्न सरकारलाई माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि जससपाले आफूलाई सत्ता समीकरणमा साथ दिनुपर्ने सर्त राखिरहेका बेला त्यस पार्टीका एक शीर्ष नेता डा. भट्टराईले आफ्ना मुद्दालाई सत्ता-स्वार्थनिम्ति मोलतोलको साधन नबनाउन चेतावनी दिएका हुन्।

थारूलगायत उत्पीडितको पहिचान र अधिकारसहितको राज्य पुनर्संरचना हुनेगरी संविधान संशोधन जसपाको सर्वसम्मत अडान रहेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्‍जाल ट्‌वीटरमा ट्‌वीट गर्दै भनेका ‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरुन्त र निःसर्त गर। थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर,’ शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो। यो क्षणिक सत्ता-स्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’

प्रतिक्रिया दिनुहोस्