Logo

केन्द्रीय समिति बैठकअघि माधवले भेटे प्रचण्डलाई



Spread the love

१३ चैत, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार व्यावसायी चन्द्रलाल श्रेष्ठको घरमा भेटेका दुई नेताबीच शुक्रबार कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा वार्ता भएको हो । नेता नेपालले आफूपक्षीय केन्द्रीय सदस्यहरुको कलंकीमा हुने बैठकमा जानुअघि प्रचण्डलाई भेटेका हुन् । 

दुवै नेताबीच आजको भेटमा केपी शर्मा ओलीसँगको विवाद र पार्टी एकताबारे छलफल भएको स्रोतले बताएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही समययता पार्टीको नाम फेरेर अन्य शक्तिलाई भित्र्याउने अभ्यासमा छन् । 

एमाले विभाजनको संघारमा पुगेको बेला दुवै नेताहरुको भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टिकरण सोधिसकेका छन् । उनलाई पार्टीबाट कार्वाही गर्ने तयारी भएको एमाले स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्