Logo

नेपाल-खनालसमूहको केन्द्रीय कमिटी बैठक जारी



Spread the love

१३ चैत, काठमाडौँ।  नेकपा एमाले खनाल-नेपाल समूहको बैठक कलंकीमा सुरु भएको छ ।

कलंकीको एक बैंकटमा खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको हो ।  गत ७ चैतको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

गत शनिबार बालुवाटारमा बसेको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चार नेतालाई स्पष्टिकरण माग्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले तीन दिनभित्र जवाफ पेस गर्न भन्दै चार नेतालाई सोमबार पत्र पठाएका थिए । नेपालसहितका नेताहरुलाई स्पष्टिकरण सोधेपछि एमाले विवाद उत्कर्षमा पुगेको छ ।

 स्पष्टीकरण सोधिएका मध्ये माधव नेपाल र भीम रावलले भने बिहीबार नै स्पष्टीकरण बुझाएका छन् । पाण्डे र भुसाल स्पष्टीकरणको जवाफ पत्र बाँकी छ । शुक्रबार नै एमाले अध्यक्ष ओलीले दिउँसो तीन बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । 

प्रतिक्रिया दिनुहोस्