Logo

करुणा बुढा मगरलाई तेश्रो ‘मालिका तारा’को उपाधि



Spread the love

१५ चैत, गुल्मी । मालिका गाउँपालिका ३ ह्वाङ्दीकी करुणा बुढा मगर यस वर्षको मालिका लोकतारा बन्न सफल भएकी छन् ।
शनिबार भएको फाइनल अडिशनमा आफ्ना ५३ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुढा मगर मालिका लोकतारा २०७७ बन्न सफल भएकी हुन् ।

लोकतारा बनेकी बुढा मगरले निः शुल्क अडियो गीत रेकर्ड गराउने अवसर पाउने गाउँपालिकाले जानकारी दिएको छ ।

कला तथा संस्कृतिको जगेर्ना र नयाँ प्रतिभाको प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष मालिका गाउँपालिकाले मालिका लोकतारा सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।

चैत ११ गतेदेखि सुरु भएको मालिका लोक तारा चैत १४ गतेसम्म चलेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरिले जानकारी दिए ।
तेस्रो मालिका लोक तारामा बरिष्ठ लोक गायक बोम बहादुर कार्की, छन्त बहादुर कार्की, सुनिल थापा, राजन बस्नेत र सन्तोष लम्साल लगायतको प्रस्तुति रहेको थियो।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्