Logo

होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते



Spread the love

१६ चैत, काठमाडौं । साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् ।

शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।

प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्