Logo

पुराना वामपन्थी नेता मानन्धरको निधन



Spread the love

१७ चैत, काठमाडौं । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा फोक्सोको उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८ः२० मा निधन भएको माओवादी केन्द्रका नेता अनिस साहले जानकारी दिएका हुन् ।

उनी राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका थिए । मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित छन् ।

उनले २६ वर्ष नेकपा (संयुक्त)को महासचिव भएर पार्टीको नेतृत्वसमेत गरेका थिए । २०६४ सालमा उनले सक्रिय राजनीतिबाट सन्यास लिएका थिए । त्यसपछि गणेश शाहले नेकपा (संयुक्त)को नेतृत्व गर्दै आएका थिए ।

२०७४ साल असोज २५ गते नेकपा (संयुक्त) र माओवादीबीच एकता भएको थियो । उनको छोरा सुनिल मानन्धर माओवादी केन्द्रका नेता हुन् । यस्तै उनको तीन छोरी छन् । दिवङ्गत मानन्धरको मंगलबार अन्तिम दाहसंस्कार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्