Logo

भारतले खायो आधा दर्जन गोल



Spread the love

१७ चैत, एजेन्सी । भारतले युनाइटेड अरब इमिरेट्स (युएइ)सँग लज्जास्पद हार व्यहोरेको छ । गएराती भएको मैत्रीपूर्ण खेलमा युएइले भारतको पोष्टमा आधा दर्जन गोल वर्षाएको हो ।

कमजोर सुरूवात गरेको भारतले पहिलो हाफमा नै २ गोल खाएको थियो । यूएइका लागि अलि मक्बाैतले खेलक १२ मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । त्यसको ३२ मिनेटमा उनले नै गोल गरेर युएइको अग्रता दोब्बर पारे । खेलको ६० मिनेटमा अलिले व्यक्तिगत तेश्रो गोल गर्दा भारत युएइसामू नाजुक अवस्थामा पुग्यो ।

दोश्रो हाफमा पनि अाक्रामक देखिएको यएइका लागि खालि इब्राहमि, फाबियो भर्जिनियो डे लिमा र साबेस्टियन ट्याग्लियाबुले क्रमशः ६४, ७१ तथा ८४ मिनेटमा एक-एक गोल गर्दा आधा दर्जन गोल पुरा भयो ।

गएराती भारतका कप्तान सुनिल क्षत्रिले भने खेलेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्