Logo

अक्षय कुमारको नँया चलचित्र रामसेतु, सार्वजनिक गरे फस्ट लुक



Spread the love

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय चलचित्र रामसेतुको तयारीमा रहेका छन् । भारतीय संञ्चारमाध्यका अनुसार अक्षयको नँया चलचित्र रामसेतु आजबाट फ्लोरमा गएको छ । 

अक्षयले यो चलचित्र आफ्नो करिअरकै सबैभन्दा विशेष चलचित्र भएको समेत उल्लेख गरेका छन् । यो चलचित्रलाई गुड फिल्मस्सँगको सहकार्यमा एमाजन प्रमाइमले सह–निर्माण गर्दैछ ।

शुंटिंगको पहिलो दिन अक्षयले आफ्नो नयाँ लुक सार्वजनिक गरेका छन् । तस्बिरमा उनी नौलो अवतारमा देखिएका छन् । उनको कपाल सेतो फुलेका छन् भने चस्मा पनि लगाएका छन् ।  उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्बिर फ्यानहरुले रुचाएका छन् । 

अभिषेक शर्माको निर्देशन रहने फिल्मलाई चन्द्र प्रकाशले निमार्ण रहेको छ ।  चलचित्र अक्षय सँगै अभिनेत्री ज्याकलीन फर्नान्डीज र नुशरत भरुचाको मुख्य अभिनय रहने छ । फिल्म २०२२ मा रिलिज हुनेछ । 

फिल्मको छायांकन अयोध्या र  उत्तर प्रदेशका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्