Logo

घाँस काट्न गएका ५ किशोरीसहित ७ जना बेपत्ता



Spread the love

१८ चैत, काठमाडौँ । महोत्तरीमा घाँस काट्न गएका ७ जना बालिका र किशोरी बेपत्ता भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जना सम्पर्कविहीन भएका हुन् ।

मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान घर नफर्किएका हुन् । ‘धर्मपुरका चेलीबेटीहरू मंगलबार दिउँसो २ बजे घाँस काट्न गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा गएका थिए ।

भंगाहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहले मंगलबार दिउँसो करिब ४ बजे सँगै घाँस काट्न निस्केका उनीहरू राति साढे १० बजेसम्म समेत घर नफर्केको जानकारी दिएका छन् । उनीहरू सबैजना एउटै टोलका रहेको मेयर साहले बताए ।

वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली खटिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्