Logo

अजय देवगनमाथि कुटपिट भएको भिडियो भाइरल (भिडियो सहित)



Spread the love

एजेन्सी । बलिउड सुपरस्टार अजय देवगनमाथि कुटपिट भएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फागु पर्वको दिन दिल्लीको एक पबको बाहिर झगडा भएको एक भिडियो बाहिरिए पछि भाइरल अवस्थामा छ । भिडियोमा हेर्दा झगडामा मानिसहरुले अजयलाई भकुरी रहेका छन् । तर, अजयले ट्विटरमा आफु त्यो भिडियोको मान्छे नभएको बताएका छन् । उनले त्यो कुटाइ खाने मान्छे आफु नभएको स्पष्ट पारेका छन् ।

अजयले लेखेका छन्–‘यस्तो लाग्दैछ कि, म जस्तै देखिने मानिस समस्यामा परेका छन् । मलाई यो भिडियोलाई लिएर थुप्रै फोन आइरहेको छ । म स्पष्ट पार्न चाहन्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारेमा चलिरहेको कुनै पनि विवादमा म समावेश छैन, ह्याप्पी होली ।’

अजयका प्रवक्ताले भनेका छन्, ‘अजय देवगनमाथि कुटपिट भएको खबर गलत हो । हामी हम न्यूज एजेन्सी र मिडियाकर्मीलाई जानकारी दिन चाहन्छौं कि उहाँ मुम्बईमा आफ्नो टिमसँग ‘मैदान, मेडे र गंगूबाई काठियाबाडी’ को छायांकनमा व्यस्त हुनुहुन्छ । उहाँ गएको १४ महिनादेखि दिल्ली जानुभएको छैन ।’ 

प्रतिक्रिया दिनुहोस्