Logo

नेता नेपाल र रावलपछि घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित



Spread the love

१९ चैत, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले बरिष्ठ नेता माधव नेपाल खेमाका नताद्धय सुेन्द्र पाढडे र घनश्याम भुषाललाई पनि पार्टीवाट निलम्बन गरेका छन् । 

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएका कारण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ, उनले भने ।

यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको थियो । नेकपा अध्यक्ष केपी शर्मा ओलीले चैत ८ गते वरिष्ठ नेता नेपालसहित ४ जनालाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा सच्चिनका लागि यो अन्तिम अवसर भएको उल्लेख छ। एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो ।

भुसालाई निलम्बनका लागि लेखिएको पत्र

पाण्डेको पत्र

प्रतिक्रिया दिनुहोस्