Logo

बलिउडकी सफल कलाकार किरणलाई ब्लड क्यान्सर



Spread the love

एजेन्सी । प्रसिद्ध भारतीय कलाकार एवं राजनीतिज्ञ किरण खेरलाई ब्लड क्यान्सर भएको छ । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनका पति अभिनेता अनुपम खेरले किरणलाई मायलोमा, एक प्रकारको ब्लड क्यान्सर भएको पुष्टि गरेका हुन् ।

किरणलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभेम्बरमा पत्ता लागेको थियो । उनको गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाच्चिएको थियो । उनले, चन्डीगढको एक अस्पतालमा उपचार गराएकी थिइन् ।

किरणले भारतीय चलचित्र क्षेत्रमा सन् १९८८ मा ‘पेस्तोजी’ नामक चलचित्रबाट डेब्यू गरेकी थिइन् । उनको ‘सरदारी बेगम, देवदास, वीर जारा, ओम शान्ती ओम, खुबसुरत’ लगायतका सफल चलचित्रमा अभिनय रहेको छ । उनी विभिन्न रियालिटी शोहरुमा जजको भुमिका निभाउदै आएकी छिन् ।

सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो । उनको दायाँ हातदेखि बायाँ हातसम्म यो रोग फैलिएको छ । ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको थियो । उनी, निरन्तर कोकिलाबेन अस्पतालमा उपचार गराइरहेकी छिन् ।’

प्रतिक्रिया दिनुहोस्