Logo

वैशाखदेखि गृह मन्त्रालय अर्को भवनमा सर्ने



Spread the love

२० चैत, काठमाडौं। आगामी वैशाखदेखि गृह मन्त्रालय अर्को भवनमा सर्ने भएको छ।   

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो। मन्त्रालय सर्न लागेको भवनको आज गृहमन्त्री रामबहादुर थापाले निरीक्षण गरेका छन्। 

१२ वैशाख २०७२ को भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन स्थानीय विकास (हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)को भवनमा सरेको थियो ।

सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका काम-कारबाही हुँदै आएको थियो । हाल गृहमन्त्रालय रहेको भवनमध्ये केही भवनको पुनःनिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्