Logo

अजय देवगनले गरे ‘आरआरआर’ को फर्स्टलुक सार्वजनिक



Spread the love

काठमाडौं। ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ का लागि अभिनेता अजय देवगनको फर्स्टलुक सार्वजनिक भएको छ ।

अजयले आफ्नो जन्मदिनलाई त्यति चासो पनि दिदैनन् । धुमधामसँग जन्म दिन मनाउनेप्रति उनको खासै चासो समेत छैन । तर उनकी आमा र पत्नी काजोलले जन्म दिनका अवसरमा केही न केही गरेर रमाइलोसँग मनाउने गर्छन् ।

राजामौलीले सामाजिक सञ्जालमा मोसन पोस्टर सार्वजनिक गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ ।’ 

फिल्मको कथावस्तु १९२० को दशकका क्रान्तिकारी अल्लूरी सीतारामा राजू र कोमाराम भीममाथि आधारित छ। अजयको यो पहिलो तेलुगू फिल्म हो। फिल्ममा अजयको साथमा रामचरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ। 

प्रतिक्रिया दिनुहोस्