Logo

आदित्य नारायण दम्पतिलाई कोरोना संक्रमण पुष्टि



Spread the love

२२ चैत, एजेन्सी । भारतीय गायक तथा नायक आदित्य नारायणलाई कोरोना संक्रमण पुष्टि भएको छ । आदित्य शनिबार एक फेसबुक गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले आफू पत्नी श्वेतालाई एकै पटक कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको जानकारी फेसबुकमा दिएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि अहिले दुबै जना क्वारेन्टाइनमा बसेको उल्लेख गरेका छन् ।

कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन र स्वास्थ्य सम्बन्धि नियम पालना गर्न सबैलाई सुझाव दिएका छन् ।

उनीहरू केही महिना पहिला मात्रै विवाह बन्धनमा बाँधिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्