Logo

मलेशियामा ज्यान गुमाएका युवाहरूको शव बुझ्दै गर्दा थामिएनन् बाबुराम भट्टराईका आँसु !



Spread the love

२२ चैत, काठमाडाैँ । वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा रहँदा मृत्यु भएका १२ जनाको शव नेपाल ल्याइएको छ । आइतबार मलेशियामा ज्यान गुमाएका विभिन्न जिल्लामा १२ जना नेपालीक शव नेपाल ल्याइएको हो ।

आइतबार महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विक, भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव नेपाल एयरलायन्सको विमान मार्फत नेपाल ल्याइएको हो ।

मलेशियाबाट ल्याइका नेपाली युवाहरूको शव बुझ्न आफन्तसँगै पूर्वप्रधानमन्त्री तथा जसपामा संघीय परिपद् अध्यक्ष बाबुराम भट्टराई पनि त्रिभुवन विमानस्थल पुगेका थिए । शव बुझ्दै गर्दा भट्टराई भावविह्वल समेत भएका थिए ।

त्रिभुवन विमानस्थलमा शव बुझेपछि उनले ट्वीटरमा लेखेका छन्, ‘कस्तो दु:खद अवस्था! वैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा-२ सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र !’

प्रतिक्रिया दिनुहोस्