Logo

किरण चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी घोषित



Spread the love

२३ चैत, काठमाडाैँ । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोल किपर किरण चेम्जोङ एसियामा यो हप्ता कै उत्कृष्ट खेलाडी घोषित भएका छन् । भोटका आधारमा उनी ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका हुन् ।

एएफसीले गत बिहीबार किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेको थियो । सोही आधारमा सर्वाधिक भोट पाउँदै किरण एसियाकै उत्कृष्ट खेलाडी बनेका हुन् ।

अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएको थियो । जसमा किरणको पक्षमा ५५.६९ प्रतिशत भोट पाएका छन् । त्यसैगरी, साउदी अरेबियाका सालेह अल सेहरी २०.७२ प्रतिशत भोट प्राप्त गर्दै दोश्रो स्थानमा रहे ।

किरण चेम्जोङको कप्तानीमा एक हप्ताअघि नेपालले रंगशालामा बंगलादेशलाई पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्