Logo

दीपाश्री निराैलाको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका बालक पक्राउ



Spread the love

२४ चैत, पर्सा । गत हप्ता अभिनेत्री दीपाश्री निराैलाको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले मंगलबार पर्साबाट उक्त आरोपमा एक जना १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

प्रहरीले जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिमा पर्सा बहुदजरमाई नगरपालिकाबाट पक्राउ गरेको हो ।

गत हप्ता दीपाश्री निराैला र कलाकार सरोज खनालको फेसबुक ह्याम गरी पैसा माग गरिएको खबर सार्वजनिक भएको थियो । प्रहरीले यो विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्