Logo

ममाथि बम प्रहार गर्ने साथीहरुलाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड



Spread the love

२४ चैत, रूकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राम बहादुर थापा मगरलाई गृहमन्त्री बनाएर आँफुले गल्ती गरेको बताएका छन् । ३२ औं जनआन्दोलन दिवसका सन्दर्भ मंगलबार रूकुम पुगेका प्रचण्डले सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले संगठनमा कुनै प्रभाव नै नभएका मानिसलाई स्थायी समितिमा राखेको भन्दै उनले त्यस्ता मानिस अन्ततः ‘बिकाउ’ साबित भएको बताएका छन् ।

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लाई लक्षित गर्दै उनले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, ममाथि बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ, सायद मैले गल्ती गरेँ ।’

प्रतिक्रिया दिनुहोस्