Logo

भोलीबाट यी २३ खोप केन्द्रबाट लगाइँदै छ चीनबाट आएको कोरोना खोप



Spread the love

२४ चैत, काठमाडौं। सरकारले भोली बुधबारबाट चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप (भेरोसेल) नागरिकलाई लगाउने भएको छ।

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका २३ स्थानमा मात्रै खोप दिइनेछ। स्वाथ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थी तथा हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउनेछन्। 

१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल, मिनभवन
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज, अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज, सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. बीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानीपोखरी
१३. ओम अस्पताल रिसर्च सेन्टर चाबहिल
१४. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल, भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल, ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
१८. किष्ट मेडिकल कलेज, ललितपुर
१९. आनन्दवन अस्पताल, ललितपुर
२०. धुलिखेल अस्पताल, काभ्रे
२१. त्रिशुली अस्पताल, नुवाकोट
२२. बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल, रसुवा

प्रतिक्रिया दिनुहोस्