Logo

बालकोनीमा बसेर दर्जन बढी महिलाले नग्न पोजमा फोटो खिचाएपछि…



Spread the love

२४ चैत, एजेन्सी । युएइमा बालकोनीमा बसेर नग्न फोटोहरू खिचाउने एक दर्जन महिलाहरू पक्राउ परेका छन् । त्यहाँका प्रहरीले ती महिलाहरुलाई सार्वजनिक रुपमा अनैतिक आचरण गरेको अभियोगमा पक्राउ गरेको हो ।

बालकोनीमा बसेर नग्न पोज दिँदै उनीहरूले खिचेको फोटो तथा भिडियो भाइरल भएपछि प्रहरीले महिलाहरुलाई पक्राउ गरेको हो । उक्त बालकोनीमा दर्जनभन्दा बढी महिलाहरूले नग्न पोजमा फोटो खिचाएको भिडियोमा देख्न सकिन्छ ।

प्रोफेसनल फोटोग्राफरले ती महिलाहरूको फोटो खिचिरहेका थिए । तर, सोही अवस्थामा अर्का एक जनाले उनीहरूको हर्कत भाइरल भएपछि प्रहरी उनीहरूको कठालो समात्न पुगेको थियो ।

दुबइबाट प्रकाशित भएका विभिन्न रिपोर्टहरूका अनुसार ती महिलाहरूलाई ६ महिना जेल तथा १ लाख ६० हजार नेपाली रूपैँयासम्म जरिवाना समेत हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्