Logo

शारदा नगरपालिका सल्यानको वार्षिक समीक्षा गोष्ठी सम्पन्न , ३६ लाख राजस्व संकलन



Spread the love

sharada-nagarpalika

शारदा नगरपालिका खलंगा सल्यानले आर्थिक वर्ष २०७२/०७३मा नगरपालिकाले  गरेका कार्यक्रम र सेवा लगायतका कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।

खलंगा स्थित वालमन्दिर हलमा सम्पन्न वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा सहभागिहरुले नगरपालिका भित्र सन्तुलित विकास गर्दे, आवश्यक पूर्वाधार विकास गर्नु पर्ने बताएका छन् । उनीहरूले नगरपालिकाको सरसफाई, नगर सफा सुन्दर र हराभरा बनाउनु पर्ने बताएका छन् । नगरपालिका निर्माण भए पनि बजार, गाऊ टोलमा फोहोर जथाभावि फालिएको भन्दै नगरपालिकाले पहल कदमी लिएर सफा र सुन्दर नगरपालिका बनाउनु पर्ने बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले नगरपालिका स्थापना भएको छौटै समयमा नगरपालिका भित्र पूर्वाधार विकासमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो–नगरपालिका कस्तो बनाउने भन्ने कुरा नगरवासीको भूमिकामा निर्भर छ ।
शारदा नगरपालिकाका कार्यकारी अधिकृत रेमन्त डाँगीले नगरपालिकालाई साधन स्रोत सम्पन्न बनाएर लैजान जनताको सक्रिय सहभागिता हुनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो– नगरपालिका स्थापना भएको छोटै समय भएकाले धेरै काम हुन सकेको छैन् । यसमा जनताको सहभागिता बढ्न पर्दछ ।
वार्षिक समीक्षा कार्यक्रममा नगरपालिका भित्र क्रियाशील राजनीतिक दल, सरकारी एवंम गैहंसरकारी कार्यालयका प्रमुख प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो।
शारदा नगरपालिकाले गत वर्ष चालु र पुजिगत गरी ७ करोड ८९ लाख ३९ हजार ८ सय २ रुपैयाँ खर्च गरेको छ ।
यस्तै नगरपालिककाले ३६ लाख ७१ हजार ४ सय २३ रुपैयाँ राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकमा संकलन गरिएको राजस्व अघिल्नो आर्थिक वर्ष भन्दा बढेको शारदा नगरपालिकका लेखापाल खिम वलीलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्