Logo

प्रधानमन्त्री मोदीले लगाए दोस्रो डोजको कोरोना खोप



Spread the love

भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो डोजको कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । 

मार्च १ मा पहिलो डोजको कोभ्याक्सिन लगाएका मोदीले दोस्रो डोजको लगाएका हुन् । उनले दोस्रो डोजको खोप लगाएको भारतिय मिडियाले जनाएका छन् । 

भारतमा बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गरिएको छ ।   

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । भारतमा एकैदिन एक लाख बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ । आजतक

प्रतिक्रिया दिनुहोस्