Logo

पोखरा जाँदै हुनुहुन्छ ? १५०० रूपैयाँ मै पाइन्छ प्लेनको टिकट !



Spread the love

२६ चैत, काठमाडाैँ । यती एयरलायन्सले सस्तो फ्लाइट अफर सुरू गरेको छ । नीजि क्षेत्रको वायुसेवा प्रदायक यतीले विभिन्न ५ ठाउँका लागि सस्तो फ्लाइट अफर सुरू गरेको हो ।

ती सस्तो टिकटहरू मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरेर किन्न सकिनेछन् ।

एयरलायन्सका अनुसार काठमाडौं-पोखराको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ । त्यसैगरी, काठमाडौं-विराटनगर २ हजार रुपैयाँ, काठमाडौं-भैरहवा १ हजार ७०० रुपैयाँ, काठमाडौं-भद्रपुर २ हजार ४०० र काठमाडौं-नेपालगञ्ज ३ हजार रुपैयाँमै टिकट खरिद गर्न सकिनेछ ।

यो अफर तीन दिन अर्थात् चैत २६ गतेदेखि २८ गतेसम्म लागु हुने एयरलायन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्