Logo

गुल्मीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु



Spread the love

२८ चैत, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार राति गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्वर मोटरसाईकल गुल्मी दरबार गाउँपालिका सात घुम्तीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी सोही स्थानका अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए । उनको जिल्ला अस्पताल गुल्मीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्