Logo

माओवादीले कारबाही गरेका आङ्बुहाङले लिए मन्त्री पदको शपथ



Spread the love

२८चैत, मोरङ। प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा नेपालको संविधानको धारा १७० को उपधारा (१) बमोजिम लिम्बूलाई मन्त्री पदमा नियुक्तिको लागि सिफारिस गरिएअनुसार शपथ ग्रहण गराएका हुन्।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रदेशसभा सदस्य बनेका लिम्बूले नेकपा एमालेमा प्रवेश गरेका कारण सो पार्टीको केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाइ प्रदेशसभा सदस्य पदबाट हटाएको पत्र यही चैत २६ गते सभामुखले सदनमा पढेर सुनाएपछि सो पद रिक्त हुन गएको हो। मन्त्री लिम्बूलाई यसअघि गएको चैत १३ गते सोही पदमा शपथ ग्रहण गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्