Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित



Spread the love

३१ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

वैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि शुक्रवारका लागि तोकिएको बैठकलाई आजलाई सारिएको थियो। शुक्रवार तीन दलको बैठक हुने भएपछि पार्टी सभापति शेरबहादुर देउवाले आजका लागि केन्द्रीय समिति डाकेका थिए।

बैठकमा पेश गर्ने एजेन्डाबारे पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बसेको थियो। सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्न निर्देशन दिएकले बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

कांग्रेसका १४ औं महाधिवेशन नजिकिए पनि धेरै जिल्लाले क्रियाशील सदस्यताको विषय नटुंग्याएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय समिति डाकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्