Logo

२४ घण्टा यता काठमाडौं कति थपिए कोरोना संक्रमित ?



Spread the love

३१ चैत, काठमाडौँ। पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप २०१ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौँका १६१, ललितपुरका २८ तथा भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो।

 यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ।

देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ। हाल देशभर ३ हजार ६ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार ३ सय ८६ पीसीआर तथा ८ सय १७ एन्टिजेन परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्