Logo

ऋचा शर्मा गर्भवती, नयाँ वर्षको दिन दिइन् जानकारी



Spread the love

१ बैशाख, काठमाडाैँ । नायिका ऋचा शर्मा गर्भवती भएकी छिन् । नयाँ वर्षको दिन सामाजिक सञ्जालमा फोटो शेयर गर्दै उनले आँफु गर्भवती भएको जानकारी दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई।”‘

प्रतिक्रिया दिनुहोस्