Logo

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो



Spread the love

बैशाख, प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार गुल्मीको तम्घासबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ च १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रूमाले नजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रशासन अधिकृत श्यामलाल न्यौपाने, नासु इश्वरी भण्डारी, खरिदार यमलाल पन्थी, खरिदार सूर्य पन्थी र चालक रहेका छन् ।

जीपमा चालक दलका २ जना र अन्य १२ जना गरी १४ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई विभिन्न अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्