Logo

मुकुन्दको नयाँ चलचित्र ‘एक्स ९’ निर्माणको घोषणा, अनमोललाई ७५ लाख अफर



Spread the love

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले सामाजिक संजालबाट घोषणा गर्दै ‘एक्स ९ लेभल वन’ रहनेछ । पोस्टरमा निर्देशक भट्टले फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रीलर बताएका छन् ।

चलचित्र चल्तीका धेरै कलाकारको अभिनय रहने बताइएको छ । निर्देशक भट्टले फिल्मका लागि पुष्प खड्का र सौगात मल्ललाई मौखिक रुपमा फिल्म खेल्न मनाइसकेको चर्चा छ । अनमोल केसी पनि फिल्मका लागि सकारात्मक छन् । उनले जन्मदिनको दिन दिएको अन्तर्वार्तामा आएका अफरमध्ये यसका लागि सकारात्मक भएको बताएका थिए ।  

यदि अनमोलले यो फिल्ममा काम गर्ने निर्णय गरे भने सौगात र अनमोल पहिलो चोटि पर्दामा आमनेसामने हुनेछन् । फिल्ममा निर्देशक भट्टले सौगातलाई भिलेन र अनमोललाई हिरोको रुपमा प्रस्तुत गर्ने बताएका छन् । 

यो चलचित्रका लागि नायक अनमोल केसीलाई ७५ लाखको अफर पनि बताएको छ । तर, अनमोलले अहिलेसम्म चलचित्र गर्ने वा नगर्ने बिषयमा केही पनि बताएका छैनन् ।

विश्वको अगाडि नेपाली चलचित्रलाई उभ्याउनुपर्ने भन्दै मुकुन्दले महंगो बजेटको चलचित्र घोषणा गरेका हुन् । चलचित्रलाई यादवप्रसाद पाठकले निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्