Logo

३ वर्षमा १ किलोमिटर बाटो पिच, त्यो पनि १ हप्तामै उप्कियो



Spread the love

gadi-phasekoसल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्ड पिच भएको ७ दिन भित्रमा उत्रिएको छ ।

देवस्थलको वस्नेउरा नजिकै चौहरजारी सडक खण्डको ८ सय मिटर पिच गरेको सडकको उप्केको छ । ३ वर्षमा १ किलोमिटर पिच भएको सो सडक खण्डमा यतिवेला सम्पूर्ण यातायातका साधान ठप्प छन् ।

२ करोड ५० लाखमा ठेकेदार डिल्ली रावतले काम गरेको सडक डिभिजन कार्यलय दाङले जनाएको छ । साथै उक्त टेन्डरको स्वीकोटको कोइर्याल खोला आसपासमा २ किमी डकल कटिङ,त्यसै गरी मुलखोला त्रिवेणीवजार र शंखपीपल बजारको बिच भागमा २ सय मिटर ग्रावेल गरिएको छ ।

pich_bato

सडक डिभिजन कार्यलय दाङले उक्त सडक खण्डमा प्रति वर्ष ८ करोड भन्दा बढी खर्चेको बताएको छ । गत आषाढमा भएको डवल कटिङ र ग्रावेल भएको ठाउबाट पनि यो वर्षायाममा  गाडी चल्न  सकिरहेका छनन् ।

सडकको स्तरउन्नती भएको ठाउँमा नै गाडी फस्ने गरेको यातायात व्यवसायी  भुपाल साहुले बताए । २ करोड ५० लाखको कामले गर्दा यसपालि चौहरजारी सडक खण्डमा यातायातका साधान आवत जावत रोक्ने काम गरेको अर्का गाडी व्यवसायी खिम बहादुर बुढाको भनाई रहेको छ ।

डवल कटिङ र ग्रावेल भएको ठाउँमा गाडी फस्ने भएकोले ट्याक्टर बाहेक अन्य कुनै पनि सवारी साधान आवत जावत गर्न कठिन भएको छ । वर्षायाम लागे पछि यातायातका साधान ठप्प रहँदा आवत जावतमा कठिनाइ उत्पन्न भएको छ ।

मानिस बिरामी पर्दा समेत बोकेर सल्लीवजार लिनुपर्ने बाध्यता रहेको छ । बाटो खुल्योको १२ वर्ष नाध्न लाग्दा समेत बाटोको स्तर उन्नति नहुदा नागरिकले धेरै दुख पाएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्थानीय कीर्ति बहादुर रानाको भनाई रहेको छ ।

बाटो निमार्णको जिम्मा पाएका ठेकेदार र सडक डिभिजनको चरम लापरवाहिले यो बाटोको अवस्था प्रति वर्ष विग्रदै गएको रानाको भनाई छ । यस वर्षको ठेकेदारको काम हेर्दा लाज मर्दो भएको छ । जुन ठाउँमा ग्रावेल भएको र डवल कटिङ भएकै स्थानबाट यातायातका साधान आवत जावत गर्न नसकि ३ दिन सम्म हिलाम फस्ने गरेका छन् ।

पिच, ग्रावेल,डवल र कटिङ जस्तो काम वर्षाको समयमा हुनाले झनै समस्या थप्ने गरेको छ । कामको जिम्मा लेगेका ठेकेदारहरु समयमा काम गर्न नआउने र वर्षायाम सुरु भए पछि काम गर्दा यातायात आवगमनमा असर पारेको छ ।

प्रतिक्रिया दिनुहोस्