Logo

१ सय ८३ जनाको नमुना परिक्षण गर्दा १ सय २७ जनालाई कोरोना पुष्टि



Spread the love

३ बैशाख, नेपालगञ्ज । पछिल्लो समय नेपालमा कोरोनको दोस्रो लहर सुरु भए संगै जताततै कोरोना संक्रमितको संख्या थपिने संख्या तिब्र बढेको छ ।

नेपालगञ्जले पछिल्लो चौबिस घण्टामा जाँच गरेको एक सय ८३ जनामध्येमा एक सय २७ जनालाई कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार एकै दिन यतिधेरै कोरोना पुष्टि भएको पहिलो घटना हो। भेरीले वैशाख १ गते एक सय २३ जनालाई जाँच गर्दा ७५ जना पोजिटिभ देखिएका थिए। यो त्यो दिनको परीक्षणको ६१ प्रतिशत थियो।

साधारण विरामीलाई डिस्चार्ज गरेर बेडहरु खाली गराइएका छन्। मेडिकल कलेजमा पनि कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । सबै पालिकाहरुमा आइसोलेसन सेन्टर तत्काल बनाउन पर्ने जरुरी भएको छ।

प्रतिक्रिया दिनुहोस्