Logo

भारतमा नयाँ रेकर्ड : एकैदिन थपिए २ लाख १७ हजार बढी कोरोना संक्रमित



Spread the love

३ बैशाख, एजेन्सी। पछिल्लो समय भारतमा कोरोनको दोस्रो लहर तिब्र बढिरहेको । संक्रमित हुने मानिसको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाख १७ हजार नयाँ संक्रमित भेटिएका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै शुक्रबार कोरोना भाइरसबाट १ हजार १८५ को ज्यान गएको छ ।

योसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार ७४३ पुगेको छ । हालसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ४२ लाख ९१ हजार ९१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार १८५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्