Logo

आखिर किन फोन गरे प्रधानमन्त्री ओलीले प्रचण्डलाई ?



Spread the love

३ बैशाख, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ।

प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएको धेरै समयसम्म पनि दुवै नेताबिच कुनै संवाद हुन सकेको थिए। त्यसैबिच आज लामो समयपछि ओलीले दाहाललाई फोन सम्पर्क गरेका हुन्।

आफू प्रधानमन्त्री ओलीसँग भेट्न जान लागेको बताउँदै उनले भने, ‘राम्रो हो कि नराम्रो के हो, म भवन उद्घघाटन गर्न यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभयो। म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौंला भनें।’

ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र ओलीबिच एक्ला एक्लै संवाद भएको छैन्। अप्रत्यक्ष रुपमा संवाद भइरहेको भए पनि भेटघाट नभएको हो। माओवादी केन्द्रका नेताहरुका अनुसार ओलीले बेला बेलामा प्रचण्डलाई फोन गरेर भेटन अनुरोध गरेको भए पनि प्रचण्डले भने एक्लै भेटन अस्वीकार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्